Friday, January 26, 2018

thumbnail

नेपालमा सुन्तला खेति प्रबिधि

नेपालमा सुन्तला खेति प्रबिधि


तयारकर्ता

सुजन अधिकारी
प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना, सुन्तला ब्लक, कास्की
कृषि तथा वन विज्ञान विश्वविध्यालय
रामपुर , चितवन

सुन्तला जात फलफूल भन्नाले बोक्रामा तेल भरिएको ग्रन्थीहरु भएको र फल भित्र केस्रा र केस्रा भित्र स-साना रसले भरिएको थैलीहरु  भएको फललाई जनाउंछ । नेपालमा मुख्यतया खेति गरिने सुन्तला जात फलफूलहरुमा सुन्तला , जुनार , कागती , निबुवा, मौसम , ज्यामिर , भोगटे , विमिरो आदिलाई जनाउंछ । क्षेत्र र उत्पादनक हिसावले सुन्तला जात विश्वमा तेस्रो स्थान ओगटेको छ भने नेपालमा प्रथम स्थान ओगटेको विभिन्न तथ्यांकले देखाउछ ।
omandarin
विषय सुची- सुन्तला खेति प्रविधि

१.   परिचय (Introduction)

सुन्तला जात फलफूल भन्नाले बोक्रामा तेल भरिएको ग्रन्थीहरु भएको र फल भित्र केस्रा र केस्रा भित्र स-साना रसले भरिएको थैलीहरु  भएको फललाई जनाउंछ । नेपालमा मुख्यतया खेति गरिने सुन्तला जात फलफूलहरुमा सुन्तला , जुनार , कागती , निबुवा, मौसम , ज्यामिर , भोगटे , विमिरो आदिलाई जनाउंछ । क्षेत्र र उत्पादनक हिसावले सुन्तला जात विश्वमा तेस्रो स्थान ओगटेको छ भने नेपालमा प्रथम स्थान ओगटेको विभिन्न तथ्यांकले देखाउछ ।

२.   वर्गिकरण  (Classification)

अमिलो जातका फलफूलहरु रुटासिया  परिवारका हुन् र यस परिवारमा १०० भन्दा बढी प्रजातिहरू पर्दछन् ।

३.   हावा पानी (Climatic Requirement)

सुन्तला फलफूललाई समष्टीगत रुपमा उपोष्ण फल भनिए पनि सुन्तलाका केही जातलाई उष्ण हावापानीमा  पनि सफलताका साथ खेती गर्न सकिन्छ भने यी जातहरु १६०० मी. उचाईसम्म सजिलै खेती गर्न सकिन्छ ।  नेपालको मध्यवर्ती पहाडी क्षेत्रमा यस किसिमको हावापानी पाईन्छ । सुन्तला उत्पादन गर्न, विरुवा उत्पादन गर्नको लागि १००० मी. भन्दा कम हुनु हुदैन । सुन्तला   उत्पादनकोलागि उपयुक्त उचाई १०००–१२०० मी. मानिन्छ । सुन्तलाको लागि ५ से – ४०  से  सम्मको तापक्रम राम्रो मानिन्छ भने उपयुक्त तापक्रम १९ से को आसपासलाई मानिन्छ । वार्षिक वर्षाको हकमा ९५० मी.मी. –२००० मी.मी. उपयुक्त मानिन्छ ।  सूर्यको प्रकाश ८–११ घण्टा प्रति दिन राम्रो मानिन्छ ।
सुन्तला फलले बढी प्रकाश मन पराउँछ तर अलि अलि छाँया पर्ने ओसिलो ठाउँमा फलहरु रसिला र ठूला आकारका हुने गर्दछन् । हिउँदको चिसोपछि बिरुवा राम्रोसँग फुल्ने गर्दछ ।  फूल फुलेपछि फलहरुको विकासको निमित्त बढि तापक्रमको आवश्यकता पर्दछ तर ज्यादा गर्मी र बढि सुख्खा भएमा फूल तथा फलहरु झर्दछन् ।  फल पाक्ने समयमा राती ठण्डा र दिनमा गरम हुने भएमा फलहरुको रङ्ग आकर्षक पहेंलो हुने गर्दछ । दिन र रातको तापक्रम फरक बढि भएमा राम्रो मानिन्छ ।

४.   माटो (Soil)


माटोको गहिराइ १ मिटरभन्दा बढि (ढुंगा नभएको), हलुका दोमट र प्राङ्गारिक पदार्थयुक्त, पानी नजम्ने खालको माटो यस खेतीको लागि उपयुक्त मानिन्छ । माटोको रासायनिक गुण यसको अम्लियपना (पि.एच) लेबलले जनाउँछ र (पि.एच.) ६.५ को आसपास हुनुपर्दछ ।
यो पि.एच. लेबल भन्दा बढि भएमा बिरुवाले शुक्ष्म पोषक तत्वहरुको प्राप्त गर्ने शक्ति ह्रास हुन्छ र कम भएमा चुन र म्याग्नेसियम जस्ता खनिज तत्वहरु बढि घुलनशील भई बगेर जान्छ । कृषि चुनको सहायताले माटोको पि.एच. लाई बढाउन सकिन्छ । माटोमा लवण (नुनिलोपना) को मात्रा कम भएमा राम्रो मानिन्छ ।

५.   बिरुवाको छनोट (Seedlings Selection)

बिरुवा कुन लगाउने हो त्यो लगाउने किसानमा भर पर्दछ । कलमी वा बिजु , ठाउँ अनुसार दुवै प्रकारको बिरुवा लगुउन सकिन्छ । बिरुवा कम्तिमा २ वर्ष पुरानो , १.५-२.५ फिट अग्लो हुनु पर्दछ । बिजु बिरुवा लगाउदा कम्तिमा १२०० मिटर उचाइमा स्थापना भएको नर्सरीबाट जिल्ला कृषि बिकास कार्यालयले सिफारिस गरेको बिरुवा मात्र लगाउदा राम्रो हुन्छ ।

६.   ठाउको / जग्गाको छनोट  (Land Selection)

नेपालको मध्य पहाडीभाग (समुन्द्र सतहबाट ६००–१४०० मिटरसम्म उचाइ भएको ) उतरतर्फ फर्केको यातायातको सुबिधा भएको, बजारबाट नजिक, सिचाइको स्रोतबाट नजिक मोहडामा सफलतापूर्बक सुन्तलाको खेतिगर्न सकिन्छ ।
सुन्तला खेती एक पटक लगाएपछि कैयौं वर्षसम्म बाँच्दछन् । त्यसकारण यसको लागि दिर्घकालिन योजना र लगानीको आवश्यकता पर्दछ । सानो गल्तीले पनि लामो समय सम्म र ठूलो नोक्सान पुर्याउने  हुनाले बेलैमा सावधानी अपनाउनु पर्दछ
बगैचा लगाउने ठाउको छनोट गर्दा निम्न कुराहरुमा ध्यान दिनु पर्दछ
  1. तुलनात्मक रुपमा ताप र हावाको खतराबाट मुक्त जलवायु हुनु पर्दछ ।
  2. पर्याप्त पानी उपलब्ध (सिंचाई सुविधा) हुनु पर्दछ ।
  3. उर्वर माटो तथा आन्तरिक जल निकासको राम्रो ब्यावस्था हुनु पर्दछ ।
  4. उपयुक्त जलवायु एवं माटोको आवश्यकतालाई ख्याल गर्नु पर्दछ ।
  5. यस बाहेक
  • चयन गरिएका सुन्तलाको जातको अनुकूलता,
  • सस्तो मजदूरको उपलब्धता,
  • बजारसंगको निकटता,
  • ढुवानीको लागि सडकको निकटता आदि कुराहरुमा पनि विचार पु¥याउनु पर्दछ ।

७.   बगैचाको रेखांकन  (Layout )

बगैचा रेखांकन भनेको बिरुवा रोप्ने पद्दति वा तरिका हो । बगैचा लामो अबधि सम्म रहिरहने भएकाले लगाउदा बैज्ञानिक तरिकाले रेखांकन गरि लगाउनु पर्दछ । बिरुवा लगाउदा बैज्ञानिक तरिका भनेको हेर्दा आकर्षित , सबै बिरुवालाई ठिक ठिक मात्रामा आवश्यक दुरी पुग्ने , घाम पर्ने , काँटछाँट गर्ने , गोडमेल गर्ने, मलजल गर्ने , खान जोत गर्न बिषादी छर्न , अन्तरवाली लिन , हिड्डुल गर्न चाहिने ठिक बाटो सहित व्यवस्था गरि बिरुवा लगाउने तरिका नै बैज्ञानिक रेखांकन तरिका हो ।
यो जग्गाको आकार प्रकार अनुसार निम्न तरिकबाट गर्न सकिन्छ ।
  1. वर्गाकर  समथर ठाउमा एसको प्रयोग गरिन्छ । यसमा बिरुवा देखि बिरुवाको दुरी बराबर हुन्छ ।

  1. आयातकर तरिका  यो पनि समथर जमिनमा रेखांकन गर्ने तरिका हो । यस तरिकबाट बिरुवा लगाउदा बिरुवा देखि अर्को बिरुवाको दुरी एकतर्फ कमि र अर्को तर्फ बढी हुन्छ ।

  1. त्रिभुज आकार  भिरालो जमिनमा यस तरिकाबाट बिरुवा लगाइन्छ । यस तरिकाबाट बिरुवा लगाउदा अरुभन्दा १५ प्रतिशत बढी बिरुवा अट्छ ।

  1. कन्टुर तरिका  धेरै कान्ला भएको भिरालो ठाउमा त्रिभुजाकर तरिकाले पनि रेखांकन गर्न सजिलो नाभएमा यस तरिकाबाट रेखांकन गरि बिरुवा लगाइन्छ । यसरी रेखांकन गर्दा माथि बाट तल हेर्दा एक लाइन देखि अर्को लाईनको दुरी बराबर भएता पनि माथि र तल एक बोट देखि अर्को बोटको दुरी बराबर हुदैन । एक ग्रहामा बिरुवा बराबर दुरीमा हुन्छन । तर एक गह्रा देखि अर्को गह्राको दुरी बराबर नहुन पनि सक्छ र सोहि करंद बिरुवाको दुरी मिल्दैन ।

८.   जग्गाको तयारी  (Land Preparation)

खेती गरी राखेको बारीमा जग्गाको तयारी वा सुधारको जरुरत पर्दैन । बारीमा रहेका सबै वुट्यान, झाडी, मुढाहरु भए सफा गरेर जलाउनु पर्दछ । ठूला चट्टानहरुलाई हटाई सफा गर्नु पर्दछ । खेती नगरीएको भिरालो जमीनमा बगैंचा स्थापना गर्नु पर्दा गह्रा गह्रा बनाउनु पर्दछ । सिंचाई र निकासको लागि सुहाउँदो कुलो÷कुलेसो बनाउनु पर्दछ । बगैंचाको सुरक्षाको लागि समुचित रुपले बार बन्देज लगाउन पर्दछ । (यसको लागि सुविधा अनुसार काँडेतार, ढुङ्गा-ईटको पर्खाल, जिउँदो झाडीदार, विरुवा निलकाँडा आदि) । तेजलो हावा चल्ने ठाउँ भए छिटो बढ्ने खालका वायु अवरोधक रुख विरुवा लगाउनु पर्दछ ।

९.   खाडलको तयारी  (Pit Preparation)

जग्गा रेखंकन भै सकेपछि तोकिएको ठाउमा बिरुवा रोप्नु भन्दा (३०-४०) दिन अगाडी १X१हX१ मिटर लम्बाई, चौडाई र उचाईको खाडल खन्नु पर्दछ । खाडल खण्ड माथिल्लो ५० से.मि. को माटो अलग थुप्रो र तल ५० से.मि. को माटो अलग थुप्रो बनाउनु पर्दछ ।
खाडल पुरै खनी सकेपछि १५-२० दिन त्यसै खाली रहन दिने र त्यसपछि प्रति खाडल २-३ डोका गोबरमल , खरानी २ के जी । हाडको धुलो २ किलो , २०० ग्राम युरिया , २०० ग्राम डी।ए।पी र २५० ग्राम पोटासमल र माथिल्लो ५० से।मि।को माटोको थुप्रोसंग राम्रोसंग मोली खाडलमा राख्दै खुट्टाले थिच्दै जाने र खाडल जमिनको सतह भन्दा करिब १०-२५ से.मि. माथिसम्म माटो र मलले भर्ने अनि खाडलको बिचमा एउटा काठको लट्ठी राख्ने । पछि त्यही लट्ठी निकाल्ने र निकालेको ठाउमा बिरुवा लगाउने ।

१०. विरुवा रोप्ने दुरी , समय र तरिका

१०.१ विरुवा रोप्ने दुरी  (Planting Distance)

विरुवा रोप्ने दुरी बिरुवा लगाउने ठाउको माटो , बिरुवाको किसिम ,जलबायु, जातीय गुण , रेखांकन गरिएको तरिका आदिमा भर पर्दछ । प्रायजसो निम्न अनुसार रोप्नु आवश्यक हुन्छ । सुन्तला प्राय ५-७ मिटरको दुरीमा लगाइन्छ ।

१०.२ विरुवा रोप्ने समय (Planting Time)

सुन्तलाको बिरुवा सदबहार स्वभाबक हुने भएकाले सुषुप्त अवस्थामा आउने सम्भावना प्राय हुँदैन । यिनीहरुको जरा सालभरिनै क्रियाशील रहिरहन्छ । सिंचाई सुबिधा भएको ठाउमा बैशाख देखि श्रावण सम्म रोप्न सकिन्छ ।

१०.३ विरुवा रोप्ने तरिका (Planting Method)

बिरुवा रोप्दा खाडल खनेको ठाउको बीच भागमा पर्ने गरि प्याकिंग गरेको बस्तु हटाएर तर बिरुवाको माटो नझारिकन , सिधा पारेर , कलमी गरेको भागलाई माटोले नपुरिने गरि बिरुवा लगाउनु पर्दछ । लगाईसकेपछि वरिपरि माटोलाई हल्का थिच्नु पर्छ र फेद  वरिपरि झारपात आउनबाट जोगाउन , चिसोपना कायम राख्न मल्चिंग गर्नु पर्ने हुन्छ ।

११.बगैचा ब्यबस्थापन  (Orchard Management )

बिरुवा रोपेर मात्र हुँदैन , यसबाट राम्रो फल उत्पादन गर्न बगैचाको राम्रो संग हेरचाह गर्नु पर्दछ । बगैचाबाट छिटो र बढि फाइदा लिनको लागि छिटो हुर्काउनु जरुरी छ। यसको लागि गोडमेल/मलजल । छापो । बिरुवाको तालिम तथा काटछाँट , सिंचाई तथा जल , बाली संरक्षण आदिमा राम्रो ध्यान दिनु पर्दछ ।

११.१  खनजोत  (Tillage)

सून्तला बगैंचामा जोत्दा वा खन्दा जरामा चोटपटक  लाग्दछ  साथै मकै र कोदो अन्तरबालीको रुपमा लगाउदा जोत्ने वा खन्ने क्रममा जरामा घाउ भई त्यसबाट रोगका जिवाणुहरु प्रवेश गरि बिस्तारै बोटमा पात पहेंलो हूने लक्षण देखापर्दछ । त्यसैले खनजोत गर्दा खेरि सून्तलाबोट वरिपरि हांगाले ढाकेको क्षेत्र भन्दा बाहिर मात्र खनजोत गर्नू पर्दछ ।

११.२ छापो  (Mulching)

सुन्तलामा उत्पादनमा चिस्यानको ठूलो भूमिका हुन्छ र चिस्यान कायाम राख्न एवं झारपात नियन्त्रण गर्न  सुन्तला लाई छापो दिन अनिवार्य छ । बिरुवा रोपेपछि सुकेको घाँस, पराल वा कालो प्लास्टिकको छापो दिन सकिन्छ । छापो दिदा बिरुवाको फेदलाई सिधै नछुने गरी वरीपरी लगभग २-३ इन्च  बाक्लो दिनुपर्छ ।

११.३ सिंचाई र निकास (Irrigation and Drainage )

खेतवारीमा रहेका बोटबिरुवाहरुलाई वर्षाको अभावमा कुनै निश्चित श्रोतबाट कृतिम तरीकाबाट पानी पठाउने तरीकालाई सिंचाई भनिन्छ । कृषकहरुले सुन्तला जाति फलफूलमा सिंचाईको महत्व बुझ्नु अत्यन्तै जरुरी छ  । जे जति सिंचाई उपलब्ध भएपनि अत्र वालीले प्राथमिकता  पाउँछन् । सुन्तला जाति फलफूलका बगैचा यस्ता जग्गामा लगाइन्छन् जहाँ सिंचाई हुँदैन ।
बिरुवा रोपेपछि हल्का सिंचाइ गर्नुपर्छ ।  बिरुवा नसरुन्जेल आबश्यकता अनुसार सिंचाइ गर्नुपर्छ । बिरुवा हुर्केपछि पनि हल्का चिस्यान कायम राखेमा राम्रो उत्पादन लिन सकिन्छ ।

सिंचाईको महत्व
  • बोटलाई जिउँदो राख्न चिसान प्राणभूत चिज हो ।
  • माटोबाट पोषकतत्वहरुको अवशोषणको लागि यो अति आवश्यक छ ।
  • प्रशस्त मात्रामा पानीको सामयिक आपूर्ति बिना सुन्तला जाति बोटहरु न त राम्रोसँग बढन सक्छन् न त फल्न सक्छन् ।
  • आद्र वा उप–आद्र जलवायुमा पनि लामो सुख्खा (नाजुक) समयमा पानीको कमीले –
  • बोटको बृद्धि रोक्छ ।
  • बोटको स्वास्थ्यमा ह्रास ल्याउँछ ।
  • फलको गुणस्तर र उत्पादन घटाउँछ ।
  • फल झर्ने कारण हुन्छ ।
  • यदि सिंचाई राम्रो छैन भने वाली संरक्षण, काँटछाँट र पोषणमा सुधार ल्याए पनि उत्पादन बढ्न सक्दैन ।
सिंचाईको समय र पटक
बोटका पातहरु ओइलिएको देखेपछि मात्र कृषकले पानीको आवश्यकता बारे सोच्दछन तर त्यस बेलासम्म पानीको कमीले गर्दा ठूलो क्षति भईसकेको हुन्छ । यदि सिंचाईको ब्यवस्था छ भने तल उल्लेख भए बमोजिम सिंचाई गर्नू पर्दछ  ।
  • पौष माघमा १५ दिनको फरकमा ।
  • फाल्गून चैत्रमा १० दिनको फरकमा ।
  • बैशाख जेष्ठमा ७ दिनको फरकमा ।
सामान्यतया माथि उल्लेख भए बमोजिम सिंचाई गर्ने भनिएता पनि सिंचाई गर्ने कार्य माटोको अवस्था, वर्षा, हावाको गति, तापक्रम, बोटको उमेर, मौसम आदिमा निर्भर गर्दछ  ।

सिंचाईको आवश्यकताको अनुमान
  • दिनमा गर्मीको समयमा चौडा पाते झारपातहरु ओइलिएको देखेर ।
  • लामा नरम पालुवाका नछिप्पिएका पातहरु बटारिनु यो पानीको कमीले देखिने प्रथम लक्षण हो ।
  • विभित्र ठाउँमा २५ से.मी. सम्म गहिरो खनेर यदि माटो त्यस गहिराई सम्म सुख्खा छ वा त्यसमा धेरै कम चिसान छ वा हातमा माटो कस्दा चूर्ण हुन्छ भने बगैचामा तुरुन्त सिंचाई गर्नुपर्दछ ।
  • गर्मी मौसममा सुन्तलाको बोट हेरेर सिंचाई गर्नु पर्दछ ।
  • पहाडी क्षेत्रमा दक्षिणी मोहडाको जग्गाभन्दा उत्तरी मोहडामा निकै कम सिंचाई भए पुग्छ ।
  • बलौटे वा हल्का माटो वा प्राङ्गिारिक पदार्थको कमी रहेको माटोमा अझ बढि सिंचाई चाहिन्छ ।
  • जे भएपनि फल टिप्ने समयमा सिंचाई गर्नाले फलको जम्मा घुलनशील तत्वलाई घटाउने हुनाले यस बखत सिंचाई छोडनु पर्दछ ।

सिंचाई तरिका
सुन्तला फलमा हालसम्म प्रयोग गर्दै आएका सिंचाईहरु निम्न प्रकार छन् ।
  • बेसिन (बाटा /तगाडप्रणाली
यो सबभन्दा प्रचलित प्रणाली अथवा तरीका हो । यो खास गरी समतल वा राम्रोसँग गरा मिलाइएको जग्गामा व्यवहारिक हुन्छ । बोटको चारैतिर गोलो वा चारपाटे तगाड रुपी ठाउँ बनाइन्छ । बोटको उमेर अनुसार यसको  (बेसीनको) आकार प्रति वर्ष ठूलो हुँदै जान्छ । बोटको फैलावट भन्दा ठूलो बेसिन बनाइन्छ । जमीनको सतह र फेद निरको माटोभन्दा बेसिन अलि गहिरो हुनुपर्दछ जसले गर्दा फेद लगातार पानीको सोझै सम्पर्कमा आउँदैन । बोटहरुको दुई पंक्तिको बीचबाट जाने नालीबाट यी बेसिनहरु जोडिएका हुन्छन् ।
  • रिंग (अन्गुठीप्रणाली
पानीसँग फेदको सिधै सम्पर्क हुने खतराबाट बच्नको लागि यो प्रणाली प्रयोग गरिन्छ ।  बेसिनको चारैतिर एक अंगुठी आकारको अलि गहिरो र चौडा धर्सो बनाइन्छ र बेसिन प्रणालीमा भने जस्तो नालीद्धारा यी रिङ्गहरुमा सिंचाइको पानी हुलिन्छ । मलखाद पनि त्यसै रिङ्गमा हालिन्छ । बेसिन र रिङ्ग, प्रणाली नयाँ लगाइएका बगैचामा उपयुक्त हुन्छन् ।
  • थोपा सिंचाई
थोपा सिंचाई पानी एकदमै कम पर्ने ठाउँकोलागि उपयुक्त हुन्छ । यस तरिकाबाट लामो समयसम्म थोपा थोपामा पानी दिइन्छ । थोपा सिंचाईमा पानी संगै अन्य चाहिने मल, बिषादी दिन सकिन्छ र यस प्रणालीलाई फरटिगेसन् भनिन्छ ।

.

११.४ मलखाद ब्यबस्थापन  (Fertilization)

सुन्तला वर्गका फलफूलहरु मध्ये विशेष गरेर सुन्तलालाई बढि तत्वहरुको आवश्यकता पर्दछ । यदि माटोमा पोषकतत्वहरुको पूनः आपूर्ति गरिएन भने, रुखहरु धेरै समयसम्म राम्रो अवस्थामा कायम रहन सक्दैनन् । छिट्टै रुखको स्वास्थ्य बिग्रन्छ, उत्पादन घटेर करीब शुन्य हुन्छ र छिट्टै तत्वहरुको कमीको लक्षण देखा पर्न सक्छ । माटोमा वाली लिंदा प्राङ्गारिक मलले सुन्तला जाति फलफूलको उत्पादन बढाउँछ तर त्यसमा पुग्ने (प्रयाप्त) मात्रामा खनिज तत्वहरु हुँदैन ।  सुख्खा क्षेत्रको माटोमा फसफोरस, पोटासियम, चुन, म्याग्नेसियम र सोडियम बढता हुन्छन् ।
आद्र क्षेत्रमा नाइट्रोजन, फसफोरस, पोटास र म्याग्नेसियमको प्रयोगमा जोड दिनु पर्दछ किनभने माटोमा यी तत्वहरुको कमी हुन्छ । यसकारण पोषकतत्वहरुको चाहिने मात्रामा आवश्यक परेको समयमा दिनुपर्दछ ।

नयाँ र फल्नु अघिका वोटहरुलाई मलखाद दिने तरिका
सम्भव भएसम्म बढी र तिब्र वानस्पतिक बृद्धि हासिल गर्ने यसको प्राथमिक उद्देश्य हुन्छ । सर्वोतम उत्पादनको लागि रुख छिट्टै पर्याप्त ठूलो हुनुपर्दछ । वानस्पतिक बृद्धि र जराको विकासको लागि नाइट्रोजन उच्च अनुपातमा चाहिन्छ । आद्र र सुख्खा दुबै क्षेत्रमा बढि नाइट्रोजन चाहिन्छ । फल्नु अघिका नयाँ सुन्तला जात बोटहरुको लागि मलखाद हाल्ने कार्य उपयुक्त मानिन्छ । माटोको उर्बरता स्तर रुखको अवस्था, फल लागेको मात्रा आदिको आधारमा मलखादको मात्रामा केही हदसम्म परिवर्तन गर्न सकिन्छ ।दिइएको मात्रा २–३ पटक गरी दिनुपर्दछ । माटोको पि.एच. ५.५ भन्दा कम भए चुन हाल्नु पर्दछ ।

फलेका बोटहरुलाई मलखाद दिने तरिका
फलेका रुखहरु आफ्नो पोषण र उच्च उत्पादन दुबैको लागि धेरै मात्रामा पोषकतत्वहरुको उपयोग गर्दछन् । माटोबाट पोषकतत्वहरुको धेरै मात्रामा फलद्धारा निम्न क्रममा खर्च गरिन्छ । क्रमश: पोटास, चुन, नाइट्रोजन र फोसफोरस सबभन्दा कम । रुखको स्वास्थ्य र उत्पादनलाई कायम राख्न निम्न कुराहरुलाई ध्यानमा राखी मलखाद हाल्ने कार्यक्रम तयार गर्नुपर्दछ : रुखको आकार, उमेर र उत्पादन, चुनको मात्रा माटोको प्रतिक्रिया (पी.एच.) र उर्बराशक्ति , खेती गरिने पद्धति ।
यदि उस्तै अवस्था छ भने एक क्षेत्रको मलखाद हाल्ने कार्यक्रम अर्को क्षेत्रको लागि पनि उपयुक्त हुन सक्छ वा बोटको माग अनुसार नाइट्रोजन, फसफोरस, पोटास र चुनको लागि केहि मिलान गर्न आवशयक हुन सक्दछ ।  छैटौंदेखि आठौं वर्षको उमेरको रुखको लागि उल्लेख गरिएका मलखाद हाल्ने तालिका उत्पादन दिेन रुखहरुको लागि उपयुक्त हुनेछ । रासायनिक मलहरु २–३ पटक गरी दिनु पर्दछ । फुल आउन अघि, नयाँ पालुवा आईसकेपछि र फल लागेपछि फलको बृद्धिको समयमा ।

मलखाद प्रयोग गर्ने तरिका
माटोमा हाल्ने (जरा बाट खुवाउने)
जराको प्राथमिक कामलाई पूरा गर्न मलखाद हाल्ने यो प्रचलित तरीका हो (पोषकतत्वहरुको जराद्धारा अवशोषण) । यो सजिलो र कम खर्चिलो तरीका हो । माटोमा हालिएको पोषकतत्वहरु धेरै समयसम्म प्राप्त भई रहन्छन् ।

नयाँ बोटलाई मल हाल्ने तरिका
बिरुवा नजिक करीब ३०–४५ से.मी. ब्यास (गोलाई) लाई छोडेर वरपरको माटो हलुका रुपमा खनिन्छ । मल हालिने ठाउँ बिरुवाले ढाकेको (ओगटेको) थानभन्दा चौडा हुनुपर्दछ । बोट बढदै गए अनुसार मल हालिने स्थानको चौडाई बढाउदै जानुपर्दछ । मसिनो पारिएको मलखाद खनेको माटो माथि छरेर गोडमेल गरी राम्रोसँग मिसाउनु पर्दछ ।
माटोलाई केहि समयसम्म चिसो राख्न मलखाद हालेपछि सिंचाई गर्नुपर्दछ । लामो समयसम्म चिसानलाई रोकी राख्न माथिल्लो माटोलाई खोर्सनु पर्दछ वा छापो हाल्नु पर्दछ ।

फलेको बोटलाई मल हाल्ने तरिका
मसिना  जराहरु रुखले ढाकेको ठाउँभन्दा बाहिर पुगि सकेका हुन्छन् । यसकारण रुखले ढाकेको भन्दा दोब्बर ब्यासमा मल हाल्नु उपयुक्त मानिन्छ । पुराना बगैचाहरुमा जराहरु सबै ठाउँमा फैलिएको पाइएकोले पुरै मलखाद हाल्नु राम्रो मानिन्छ ।

मल हाल्दा अपनाउनु पर्ने साबधानी
  • गहिरो जोताई वा खनाईबाट मसिना जराहरुको नोक्सानी हुन्छ ।
  • फेदबाट टाढा गरी मलखाद हाल्नुपर्दछ (फेदको सम्पर्कमा आउँदा हानी हुन्छ र मल उपयोग गर्ने मसिना जरा फेद नजिक हुदैनन् ।
  • रासायनिक मलको बढि प्रयोग खर्चिलो हुन्छ र ह््रास तत्वहरुको प्राप्तिमा हस्तक्षेप गर्छ र माटोको अवस्थालाई बिगार्छ ।

बगैचा स्थापना गर्दा सुरु वर्ष
राम्रो संग पाकेको कम्पोस्ट वा गोबरमल  ( ३० के। जी ।
युरिया – १०० ग्राम
डी.ए .पी – ५० ग्राम
म्युरेट अफ पोटास – ५० ग्राम

बोटको उमेर अनुसार मलको मात्र
क्र.स१ वर्ष२ वर्ष३ वर्ष४ वर्ष५ वर्ष६ वर्ष७ वर्ष
युरिया (ग्राम)१२०२००२३५३३०४६५५३०५९५
डी.ए .पी (ग्राम)१९५३२५४३५५४५७६०८७०९८०
म्युरेट अफ पोटास (ग्राम)१५०३३५५००८४०१०००११६५१५००
कम्पोस्ट (के.जी )२०२५३०३५४०४५५०

मलखाद राख्ने समय
सामान्यतया मलखाद बोटमा पालुवा र फुल फुल्नु अगाबै बगैचाको सर सफाई तथा काँटछाँट गरेपछि कम्पोस्ट मल , फस्फरस र पोटास पुरै मात्र र नाइट्रोजनको आधा मात्र पौष(माघ महिनामा दिनुपर्छ ।
नाइट्रोजनको बाँकी भागलाई फेरी आधा गरि आधा भाग बैशाख( जेस्ठ र बाँकी आधा भाग बर्सात सकीए पछि भाद्र(असोजमा दिनुपर्छ ।

११.५ शुक्ष्म तत्वको प्रयोग  (Micro-nutrients)


क. वोरोन :  यसको कमी भएमा फलहरु खस्रो, कडा , कम रसिलो हूने, पातहरु साना हूने, भित्रपट्टि  दोब्रिने र खूइलिने, पातमा विभिन्न रंगहरु देखापर्ने । २५ देखि ५० ग्राम बोरेक्स प्रति बोटका दरले रुखको वरिपरि माटोमा मिसाउने वा प्रति लीटर पानीमा २-३ ग्राम बोरेक्स मिसाई १० दिनको फरकमा सूधार नभए सम्म पातमा छर्कने गर्नूपर्दछ  ।
ख. जस्ता (जिंक):  यसको कमीका लक्षण  प्रायः पातमा देखिन्छन् । पातको वृद्धि कम हूने, पातहरु बाङ्गो-टिङ्गो   हूने, नयां पालूवामा पातहरु साना र आकाश तिर फर्कने, नशा बीचको क्षेत्रमा पहेंलो वा हरियो पहेलो तर नशा हरियो  हूने । नर्सरी अवस्थामा ५ देखि १० ग्राम जिंक सल्फेट प्रति लीटर पानीमा मिसाई भिज्ने गरि विरुवामा छर्कने । बगैंचामा प्रति रोपनी ४ देखि छ केजी जिंक सल्फेट रुख वरिपरि छरि हल्का खनेर सिंचाई गर्नूपर्दछ  ।
ग. म्याग्नीज: यसको कमी भएमा पातहरु हल्का पहेंलो रंगबाट बिस्तारै पहेंलो हूदै जान्छन् । प्रति लीटर पानीमा २ देखि ५ ग्राम म्याग्नीज सल्फेट मिसाई बोटमा छर्कने वा प्रति रोपनी १० देखि २० केजीका दरले रुखको वरिपरि माटोमा मिसाई सिंचाई गर्ने । बजारमा उपलब्ध एग्रोमिन वा मल्टीप्लेक्स ४० थोपा प्रति लीटर पानीमा मिसाएर फाल्गून र जेठ महिनामा पातमा लपक्क भिज्ने गरि छर्कने ।

११.६ बिरुवाको तालिम तथा काँटछाँट (Training and Pruning )

उच्च घनत्व बगैचा प्रणालीमा  बोटको कद नियन्त्रण गरी प्रति एकाई उत्पादन बृद्धि गर्न यसको महत्वपूर्ण भूमिका रहेको हुन्छ । फलको गुणस्तर बढाउन, रोग किरा ब्यबस्थापन कार्यलाइ सहज बनाउन, बोटलाइ स्वस्थ , उत्पादनशिल तथा टिकाउ राख्न तालिम तथा काँटछाँट आबश्यक छ ।
तालिम
बिरुवाको तालीम भन्नाले आबस्यक तथा इच्छाए अनुसारको आकार प्रकार दिनु हो । बिरुवाको आकार प्रकार दिदा नुगाएर, घुमाएर, काटछाट आदी तरीकाबाट गर्न सकिन्छ ।
काँटछाँट
फलफूलको सफल उत्पादन तथा ब्यबसायीक उत्पादन बृद्धि गर्नुको साथै तपसिलका उदेस्यले काटछाट गरिन्छ । मजबुत संरचना निर्माण गर्न ४ बर्षसम्म बिरुवाको शुषुप्त अबस्था ( पौष–माघ ) मा काँटछाँट गर्नुपर्दछ ।

  • विरुवाको उचाइ नियन्त्रण गर्न
  • अब्यबस्थीत आकार प्रकार सुधार गरि बोट भित्र समानुपातीक रुपमा घाम छिर्ने बनाउने
  • गुणस्तरीय र प्रभावकारी उत्पादन बृद्धिको लागी
  • बिरुवाको बलीयो तथा खुल्ला ढाचाको बिकास गरि रोग किरा नियन्त्रण गर्न सहज पार्ने
  • बुढो तथा पुरानो बोट लाइ नवजिवन दिलाउन
  • फल छाट्ने तथा टिप्ने जस्ता कार्य सरल पार्न

काँटछाँट गर्दा तलका कुराहरुमा ध्यान दिनु पर्दछ
१) विरुवाको बृद्धिको किसिम २) काटछाट गर्नुको उद्धेस्य  ३) काटछाटको किसिम र तरिका

फलफूलको तालिम
साधारण तया तिन किसिमबाट काटछाट गरिन्छ :
१) केन्द्रीय अगुवा प्रणाली २) केन्द्रीय खल्ला प्रणाली ३) परिबर्तित खल्ला प्रणाली

विभिन्न उमेरका बोटहरुको काँटछाँट
पहिलो वर्ष
बिरुवा लगाएको बर्ष पौष माघमा जमिनबाट ५०–६० से.मि. माथिबाट काट्ने र बलिया चारैतिर फैलेका ३–४ हाँगा आउन दिने । त्यसपछिको बर्षमा प्रत्येक मुख्य हाँगामा २ वटा सहायक हाँगा राख्ने र उप सहायक हाँगालाइ बढ्न दिइ बोटको चारैतर्फ फैलिन सक्ने एवं एक आपसमा नजेलिने गरी राख्ने ।
दोस्रो वर्ष
दोस्रो बर्ष मुलहांगाको छनोट प्रस्ट हुन आउंछ । मुलहांगा संग प्रतिस्पर्धा  हुने हांगा हटाई दिने । हांगा काट्दा पलाउने मुना बाहिरपट्टी पार्ने । किला गाडी त्यसलाई मुलहांगामा जुटको डोरीले बाधेर  आकार मिलाउने । काटछाटको लगतै पछि बोर्डो मिश्रण लगाउन नभुल्ने ।

तेस्रो र चौथो वर्ष 
राम्रो बृद्धि भएको बिरुवा लगभग १ मिटर अग्लो हुन्छ, र मुलहांगा पनि निर्धारण भइसकेको हुन्छ । सन्तलाको सहायक हांगा प्राय माथि पट्टी ढल्कीने गरी बढ्छ ,त्यसलाई ३० देखि ३५ डिग्री ढल्कीने गरी तालीम दिने । चोर हांगा हटाउदै गर्ने ।

बयस्क / परिपक्क  बोट
५ देखि ८ बर्षको बोटलाई बयस्क बोट मान्न सकिन्छ । बोटको आधारसिला तयार भएदेखि उत्पादन दिने बेला सम्मको समयलाई परिपक्क समय भनिन्छ । बोटको आकृती बनउने मात्र नभई पुरै बोटको अबस्था मिलाई फलाउने,बोट अझै हुर्काउदै लगी नियमित रुपमा तालीम तथा काटछाट गर्दै जाने ।तेश्रो तथा चौथो बर्षबाट मुल हाँगाको टुप्पो नुगाउँदा जहाबाट बाङगो हुन्छ त्यहिबाट काटेर अन्य हाँगाहरु फैलाउने । चोर हाँगा, रोग एवं किरा लागेका हाँगा, कलमी गरेको भागभन्दा मुनिबाट पलाएका हाँगा नियमित निरिक्षण गरी हटाउँदै जाने । तालिम तथा काँटछाँट गरीसकेपछि बोर्डो पेष्ट काटेको भागमा दल्ने तथा बोर्डो मिश्रण बनाई बिरुवालाइ छर्ने ।

१२.बाली संरक्षण (Plant Protection)

फलफुल बगैचा स्थापना गरिसकेपछि बढि भन्दा बढि उत्पादन लिनको लागि गोडमेल , मलजल , तालिम लगायतका क्रियाकलाप जति आवस्यक छ त्यतिनै रोग किरा आदिबाट जोगाउनु पनि आवस्यक छ
त्यसैकारण सुन्तला बालीमा  लाग्ने रोग किरा हरु सम्बन्धि जानकारी तल दिइएको छ ।

१२.१ रोगहरु  (Disease)

१२.१.१. जरा कुहिने रोग (ROOT ROT)

यो रोग फाइटोफ्थोरा नामक ढुसीबाट लाग्ने बीजू सून्तला बोटको एकदमै हानिकारक रोग हो । यो ढुसीले जरामा आक्रमण गरेमा मसिना जराहरु कूहिनाले पातहरु ओइलाएर मर्दछन् र अन्तमा पूरै बोट पहेंलो हूंदै पछि  मर्दछ  । सून्तला बगैंचामा जोत्दा वा खन्दा जरामा चोट पटक लाग्दछ साथै मकै र कोदो अन्तरबालीको रुपमा लगाउदा जोत्ने वा खन्ने क्रममा जरामा घाउ भई त्यसबाट  रोगका जिवाणुहरु प्रवेश गरि बिस्तारै बोटमा पात पहेंलो हूने लक्षण देखापर्दछ । फलहरु झर्दछन् र रोगको बढि  प्रकोप भएमा पूरै बोट  मर्दछ ।
नियन्त्रण
वर्षा शूरु हूनूभन्दा पहिला जेष्ठ महिनातिर सून्तलाको फेदमा पानी नजम्ने गरि जमीनको सतहबाट ५-७ इन्च माटो उठाउने ।
वर्षको २-३ पटक पौष माघ र बैशाख जेष्ठ महिनामा ०.२ प्रतिशत (दूई भाग बोर्डो मिश्रणको घोलमा ९८ भाग पानी मिसाउने) बोर्डो मिश्रणको घोलमा बनाएर जरामा र पातहरुमा छर्कने ।
यदि बर्षात पछि , असौजमा बोटका पात एकनासले पहेंलो भएको खण्डमा पहिले फेद मूनि जरा वरिपरिको माटो हटाउने र राम्रो संग जरा भिज्नेगरि सानो बोटमा ५ लीटर र वयस्क बोटमा १० लीटर जति बोर्डो मिश्रणको घोलले उपचार गरेमा जरा कूहिने रोगबाट  बचाउन सकिन्छ  ।

HEALTHY AND UNHEALTHY
 स्वास्थ्य बिरुवा                                                        रोगी बिरुवा

१२.१.२ सुन्तलाको फेद कुहिने रोग  (FOOT ROT DISEASE)

यो रोग फाइटोफ्थोरा नामक ढुसीको कारणले लाग्दछ । खास गरी १०० मीट र भन्दा कम उंचाईमा भएका बगैंचाहरुमा यो समस्या बढी  देखिन्छ । शूरु शूरुमा यो रोग लागेमा सून्तला बोटको फेद वरिपरिका बोक्रा चर्किन्छन् र खैरो भई कूहिन्छन् साथै बोक्रा खूइलिएर फेदको भित्री भाग देखा पर्दछ । बिस्तारै पातहरु पहेंलिएर झर्न थाल्दछन् । हांगाहरु सूक्दै जान्छन् । यो रोग खासगरि बर्षा याममा देखा पर्दछ । फुटेको  बोक्राबाट  गूंद /रस निस्कन्छ  । रोग माथितिर बढदै गई अन्तमा पूरै बोट मरेर जान्छ  ।

नियन्त्रण
  • तीनपाते सून्तला कलमी गरेको बिरुवा मात्र लगाउने ।
  • फेदबाट गूंद निस्केको बोक्रा वा रोग लागि कूहिएको बोक्राको भाग सफा चक्कूले खूर्की हटाउने र सो घाउंमा बोर्डो मिश्रण लगाउने ।
  • प्रत्येक वर्ष वर्षा शूरु हूनूभन्दा अगाडी बोर्डो मिश्रण बनाई फेद देखि १ देखि १.५ फीट माथि सम्म पोत्ने ।
  • बोटको वरिपरि अग्ला बाली मकै आदि नलगाउने र खनजोत गर्दा बो६को फेदलाई चोटपटक बाट बचाउने ।
  • बोट वरिपरि पानी जम्न नदिने ।
  • वर्षा शूरु हूनूभन्दा अघि नै १ प्रतिशतको बोर्डोमिश्रण वा फाइटोलान १० ग्राम १० लीटर पानीमा घोली बोट वरिपरिको माटो भिजाउने ।
  • बर्षा याममा सून्तला बोटको फेदमा खरानी छर्नाले फाइदा गर्छ ।
  • बर्षमा २-३ पटक पौष,जेष्ठ र असोज महिनामा बोर्डो मिश्रण छर्ने ।
Phytophthora
फेद कुहिआउने रोगलागेको बोट

१२.१.३ सुन्तलाको खराने धुलेर ढुसी रोग (SOOTY MOULD)

यो रोग सून्तलाको नयां पालूवामा बढि देखा पर्दछ  । शूरुमा रोग लागेका पात र डांठको सतहमा सेतो खरानी छरे जस्तो देखिन्छ, पछि उक्त रंग कालो हून्छ र पातहरु झर्दछन् । यो रोग उत्तरी मोहडा भएका सेपिला ठाउमा बढि लाग्दछ । यसको प्रकोप असार देखि भाद्र महिनामा बढि  देखिन्छ ।

नियन्त्रण
  • १ लीटर गाईको गहूंत २ लीटर पानीमा मिसाई तयार पारेको घोल ५-५ दिनको अन्तरमा बिरुवामा नयां पालूवा आउने समयमा बोटमा छर्कने ।
  • सल्फेक्स (गन्धक ८० देखि ९० प्रतिशत ) १५ देखि २० केजी प्रति हेक्टर धूलो छर्कने वा २० ग्राम प्रति १० लीटर पानीमा घोली फुल फूल्नू अगावै माघमा १ पटक र फल लागेपछि चैत्र बैशाखमा १ पटक छर्ने ।
  • क्याराथेन (डाइनोक्याप)- ५ देखि ८ ग्राम प्रति १० लीटर पानीमा मिसाई पालूवा माथि १० दिनको फरमा २-३  पटक र्कने ।
KHARANE

१२.१.४ सिट्रस ग्रीनिंग रोग (CITRUS GREENING)

यो सिट्रस सिल्ला नामक कीराबाट सर्ने ब्याक्टेरियाबाट  लाग्ने रोग हो । यो रोग खासगरी १००० मीटर भन्दा कम उंचाईमा रहेका बगैंचाहरुमा  बसन्ते पालूवाहरु छिप्पिन लाग्दा बढि देखिन्छ  । यो रोग लागेमा पातका नसाहरु हरियो रहेता पनि पातको अन्य भाग पहेंलो देखिन्छ  । होचो र कम तापक्रम भएको ठाउंमा यो रोग बढि देखिन्छ । बिस्तारै पूरै बोट पहेंलो भएर आउंछ र टुप्पाबाट  बोटका हांगाहरु सूक्दै आउंछन् । पहेंलो पातमा हरियो धब्बा हूने, पात झर्ने, फलहरु सानो हूदै जाने, फलमा बीउ मसिना साथै अपरिपक्व हूने र फलमा अमिलोपना बढि हूने, फल भित्र बीउ नबन्ने तर गम जस्तो पदार्थले भरिएका पकेटहरु बन्दै जान्छन् । पातहरु पहेंलिनू, सानो आकारमा ठाडा हूनू र हरियो भाग रहिरहनू र घाम तर्फ गोलो पहेंलो भाग रहनू । यी लक्षणहरु बोटको पूरै हांगाहरुमा नदेखिई एक तर्फका केहि हांगाहरुमा मात्र पनि देख्न सकिन्छ ।
नियन्त्रण
  • नियन्त्रण गर्न अति नै कठीन हूने हूनाले रोगीबोटलाई उखेलेर नष्ट गर्ने ।
  • १००० मीटर भन्दा माथिको उंचाईमा उत्पादित स्वस्थ्य बिरुवाहरु मात्रै प्रयोग गर्ने ।
  • सिट्रस सिल्लाको नियन्त्रण गर्ने ।
  • सिट्रस सिल्लाको आश्रयदाता कामीनी फुल सून्तला बगैंचा वरिपरि नलगाउने ।

GRNING

१२.२ किराहरु (Insects )

१२.२.१ पात खन्ने लारभाहरु (CITRUS LEAF MINER)

यो कीरा धेरै सानो पूतलीको लाभ्रे हो । माउ पूतलीले बसन्त ऋतूमा कलिला पातको तल्लो भागमा मुल नसाको आसपासमा फूल पार्दछ । फूलबाट सुरुमा सेतो लाभ्रे निस्कन्छ, जून पछि गएर हल्का पहेंलो रंगमा  परिणत हून्छ । यो सून्तलाबालीमा खासगरि भर्खर रोपेका र साना बोटहरुको प्रमूख शत्रूको रुपमा देखिएको छ । यसले बिरुवाको हरितकण खाई पातले खाना बनाउने प्रकृयामा बाधा पूरयाउदछ र बोटको वृद्धि  रोकिन्छ । यो कीरा सूख्खा मौसममा भन्दा पनि बर्षात लागेपछि बढि  देखिन्छ । यसले पातको भित्रभित्रै सुरुंग बनाएर सेतो रंगको धर्सा बनाउंदछ  र पछि  बिस्तारै मूख्य नसामा असर पारि पात नै गूजूमूज पारिदिन्छ  ।
नियन्त्रण
  • जाडो याममा कीरा लागेका पात टिपी जलाउने ।
  • बगैंचाको सरसफाई गर्ने ।
  • फागून चैत्रमा रोगर १० मिली १० लीटर पानीमा मिसाई बोटमा छर्ने ।
  • गाईको बासी गहूतमा २ भाग पानी मिसाई वा सूर्ती र साबूनको झोल बोटमा छर्कनाले यो कीराको नियन्त्रण हून्छ । नयां पालूवा आउने बेलामा सूर्ती र साबूनको झोल बनाउन १ लीटर पानीमा १५० ग्राम सूकेको सूर्तीको पात र १  मुठी धूलो साबून मिलाई ४ घण्टा सम्म भिजाईराख्ने र त्यसपछि  सूर्तीको पात पानीमा मिचि कपडाले छानेर बोटमा छर्कने ।
LARVA

१२.२.२ फल कूहाउने औंसा (फलको झींगा) :

माउ झींगा सानो बारुलो जस्तो देखिन्छ । पोथी झींगाले पछाडीको सियो जस्तो भाग घुसाएर फलको बोक्रा छेडेर  भित्रपट्टि फूल पार्दछ । फूलबाट औंसा निस्की भदौ, असौज, कार्तिक तिर फल बन्ने समयमा भित्रभित्रै गूदी खान्छ  जसको कारणले फल नछिप्पिदै पाकेजस्तो भएर पहेंलिन्छ र झर्दछ । अण्डा र औंसा फल भित्र रहने र झींगा फूल पारेपछि  उडीजाने भएकोले फलको बाहिरी भागमा छरेको बिषादिको प्रभावकारिता राम्रो हूंदैन ।
नियन्त्रण
  • झरेका फलहरु जम्मा गरि तातो पानीमा डुबाएर लाभ्रे मार्ने । अथवा खाडल खनि बिषादि राखेर गाडीदिने ।
  • वर्षा पछि बगैंचाको गहिरो खनजोत गरि बोट वरिपरिको माटोमा मालाथियन धूलो मिसाउने ।
  • माउ झींगालाई गूलियो मनपर्ने हूनाले बसन्त र ग्रीष्म याममा बिषालू आहार (सख्खर २०० ग्राम, मालाथियन धूलो २०० ग्राम र ४० लीटर पानीमा तयार गरेको) को झोल बोटमा र वरिपरि छर्कने ।
  • भाले झींगालाई पासोमा फसाउन मिथाइल यूजिनल नामक फेरोमेन र मालाथियन बिषादि ५-५ थोपा मिसाएर पासो बनाई जेष्ठ असार देखि कार्तिक सम्म बगैंचामा केहि बोटमा झूण्याउने ।
  • फुल फूल्नू अघि र फल लागि सकेपछि मालाथियन वा थायोडन बिषादि १ मिली प्रति लीटर पानीमा मिसाई बोटमा छर्कने ।
FRUIT FLY


१२.२.३ लाही किराहरु

नेपालमा कालो र खैरो लाहीको प्रकोप बढि मात्रामा देखिन्छ । यस कीराले सून्तलामा टिष्टेजा भाइरस रोग सार्ने, बिरुवामा, फलमा गूलियो पदार्थ छोडी कालो ढुसीको बिकास गराउने, पात र मूण्टाहरुको रस चूसि बोटलाई अस्वस्थ्य बनाउछ । यसको आक्रमणले पालूवा र पातको रंग फिका हून्छ, वृद्धि रोकिन्छ, कोपिला फुल्न र फल्न सक्दैन, पातहरु बटारिन्छन् र बिरुवा बिकृत हून्छ  ।
नियन्त्रण
  • सूर्तीको झोल १ भाग र पानी १० भाग मिसाई बोटमा छर्कने
  • गाईको बासि गहूंत १ भागमा ३ भाग पानी मिसाएर छर्कने ।
  • रोगर, मेटासिस्टक्स वा डीमेक्रन जस्ता दैहिक बिषादिहरु मध्ये कूनै १ मिली प्रति लीटर पानीमा मिसाई पातको पछाडी पनि पर्ने गरि बोटमा छर्कने ।
  • थिमेट, फ्यूराडन वा फोरेट दाना उमेर अनूसार प्रतिबोट २५ देखि २०० ग्रामका दरले फेद देखि १ देखि ३ फीट पर वरिपरि कूलेसोमा राखि माटोले पूरिदिने ।

APHID

१२.२.४ कत्ले किराहरु

पात, फल र काण्डहरुमा खैरा वा राता कत्ले कीराहरुले चूसेर हानि पूरयाउदछन् । मनसून शूरु हूनू पुर्व बैशाखको दोस्रो हप्ता देखि भाद्र सम्म यसको प्रकोप बढि देखिन्छ । यी कीराहरु कूनै गोलो वा कूनै केहि लाम्चो हून्छन् । एक खाले कीराको शरीर माथि एक कडा सतहले ढाकिएको हून्छ भने अर्को खाले केहि ठूलो र जीउमाथि फूस्रो मैन जस्तो पदार्थले ढाकिएको हून्छ । बिरुवाको कमलो भाग पात, डाठ , पालूवा र फलबाट रस चूसि नोक्सान  पूरयाउदछन् । जसले गर्दा प्रभावित भाग पहेंलिन्छ, पातहरु झर्दछन् र बिरुवा रोगाएर बढन सक्दैन । फल माथि पनि कत्ले कीरा लागि फललाई फोहोर र बिकृत बनाई नछिप्पिदै झर्ने गराउदछन् ।
नियन्त्रण
  • हांगामा टाँसिएका छन् भने चक्कु वा बांसको छेस्काले खूर्केर कीरा झारिदिने ।
  • लाही करिालाई नियन्त्रण गर्ने बिधि अपनाउने र दैहिक बिषादिको प्रयोग गर्ने ।
  • बासी मोही (नौनी समेतको) ७ दिनको फरकमा २-३ पटक छर्कने ।


CITUS PSYLLA

 १२.२.५ सुन्तलाको पुतली :

यसको बयस्क किरा आर्षक, ठूलो, कालो रङ्गको र पखेटामा ठाउँ ठाउँमा पहेला धर्काहरु भएको हुन्छ । पछाडीको पखेटाको तल्लो भागमा सानो पुच्छर जस्तो निस्किएको हुन्छ । लार्भा च्याप च्याप लाग्ने जस्तो   हुन्छ ।
यसको लार्भा अवस्थाले बिरुवामा छति गर्छ । लार्भाहरु निकै खन्चुवा हुने र पातको किनारबाट छिटो छिटो पात खाएर बिरुवा नाङ्गो बनाइ दिन्छन् । हिउद र वर्षा ऋतुमा निक्लिएका कलिला मुनाहरुमा यसको आक्रमण धेरै हुन्छ ।

नियन्त्रण
  • लार्भा टिपेर नष्ट गर्ने । मालाथियन झोल १ एम.एल.प्रति लीटर पानीमा मिलाएर छर्ने ।

PUTALI

१२.२.६ सुन्तलामा लाग्ने हरियो पतेरो (CITRUS GREEN BUG)

बच्चा र बयश्क दुवैले फलको रस चुसेर क्षति पु¥याउछन् । फलमा यसको असर सुरुमा नै भएमा वर्षातको अन्त्यतिर फलहरु झर्दछन् । पतेराले चुसेका फलहरु पाक्न लागेको जस्तो पहेंला दागहरु देखिन्छन् । फलको भित्री भाग रसबिहिन हुने र बोक्रा गुदिमा टाँसिएको हुन्छ ।

नियन्त्रण
  • चैत्र-वैशाखतिर पतेराले पातको तल्लो भागमा लाइनमा फूल पारेका हुन्छन् । उक्त फूललाई टिपेर नष्ट गर्ने ।
  • बिहानको समयमा किरा समात्ने जालको सहायताले माउ किराहरुलाई समातेर नष्ट गर्ने ।
  • रोगर विषादी २ मि.ली.प्रति लीटर पानीमा मिलाएर छर्ने ।

PATERO

 १२.२.७ सुल्सुले (MITES)

यि किराले बिरुवाको पात, हरिया बोक्रा र फलमा समेत आक्रमण गर्दछन् । जसले गर्दा बिरुवाको पातहरु झर्ने र फलको रंग र आकारमा परिवर्तन हुन्छ ।
नियन्त्रण
  • स्त्री स्वभागका खपटेहरुले यिनलाई खाने हुँदा उक्त किराको संरक्षण गर्ने ।
  • हिउदको समयमा १% को मेशिन आयल प्रयोग गर्नाले यसको रोकथाम हुन्छ ।
  • केल्थेन विषादी ०.५ एम.एल.प्रति लीटर पानीमा घोलेर छर्नाले सुल्सुलेको राम्रो नियन्त्रण हुन्छ ।
  • रोगर १.५ एम.एल. प्रति लीटर पानीमा मिलाएर छर्ने ।
  • रातो सुल्सुलेको लागि इण्डोफिल एम–४५ १.५ ग्राम प्रति लीटर पानीमा मिलाएर छर्नाले राम्रो नियन्त्रण हुन्छ ।

SULSULE

१३. सुन्तला जात बोटको ह्रास ब्यबस्थापन (Citrus Decline)

यो कुनै खास रोग होइन तर धेरै प्रकारका विकारद्धारा देखिने लक्षणको लागि यो नामाकरण गरीएको हो । कहिले काहि यसलाई टुप्पाबाट मर्ने रोग पनि भनिन्छ । जे भए पनि अरु देशहरुमा ह्रास वा टुप्पा मर्ने नाम कुनै खास रोगको लागि प्रयोग गरिन्छ । अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि सुन्तला जाति हुने इलाकामा यो रोग सामान्य रुपमा पाइएको छ ।

रोगका लक्षणहरु
  • विभिन्न प्रकारले पातहरु पहेलिने र झर्ने, हागाँ विगाँहरु टुप्पाबाट मर्ने र स–साना धेरै फल लाग्ने आदि ।
  • रोग बढ्दै गएमा फेदसम्म हागाँ मर्न सक्दछ । पातहरु गम्भिर रुपमा पहेलिने र छिरविरे हुने, साना पातहरु भएका साना हागाँहरु पलाउने, पातहरु कम हुने र बोटहरु ओइलिने हुन्छन् । आर्थिक रुपमा नोक्सानी दिने हुन्छ ।
  • बोक्रा विकृत हुने र मर्ने तथा कलमी गरेको जोर्नी दोब्रिने हुन्छ ।
  • बोट छिटै, विस्तारै वा ७–८ वर्ष पछि मर्न सक्छ ।
  • पात आउन रोकिनसक्छ, हागाँहरु सुक्नसक्छ र बोटहरु पूर्ण रुपले ओइलिएको हुन सक्छ ।

रोगका कराणहरु
माटो
चिम्ट्याइलो माटो वा चून ढुंगाको कडा तहले माटोमा पानी र हावाको संचारलाई प्रभावित गरी पानीको निकासलाई रोकेर माटोलाई जलमग्न पार्दछ । आवश्यकता भन्दा बढि लवण माटोमा जम्मा हुने हानिकारक हुन्छ । माटोको उच्च वा न्यून पि.एच (धेरै क्षारीय वा अम्लीय अवस्था) मा ह््रास गराउन सक्छ ।
पोषण
पोषण तत्व (मुख्य र सुक्ष्म तत्वहरु) को कमिले गर्दा सामान्यतया बोटले खाद्यतत्व नपाउने र खाद्यतत्वको अभाव गराउँछ ।
रुटस्टक (मुलबृन्द)
सुन्तला, जुन्तला र अरु सुन्तला जातीको विजु विरुवाको जलमग्नता, जरा कुहिने रोग र विषाणु (भाईरस) लाई ग्रहण गर्ने गुणले यिनीहरुलाई ह्रास गराउछ ।
बगैंचा व्यवस्थापन
हालसम्म अधिकांश बगैंचाहरुमा कुनै हेरचाह वा व्यवस्थापन गरिएको छैन प्रायः सबै बगैंचाहरु प्रकृतिको भरमा छोडिएका छन् । अत्यधिक अन्तरबाली लिने तथा मलजल, बाली संरक्षण र काँटछाँटको अभाव पनि सुन्तला जाती बगैंचाहरुको ह्रासका कारणहरु छन् भने कृषकहरुमा जागरुकता, शिक्षा वा रुचीको कमी बगैंचा व्यवस्थापनमा हुने कमी एक मुख्य कारण हो ।
हानीकारक कीराहरु
सिट्रससिल्ला, कालो लाही, कत्ले कीरा, पात खन्ने कीरा, सेतो झिंगा आदि उदाहरणहरु हुन् ।
रोगहरु
ढुसी जनित रोगहरु :– फाइटफथोरा गमोसिस, ब्राउनरट गमोसिस, फुट रट, ग्यानोडर्मा रट, ड्राइ रुट रट, डिप्लोडिया गमोसिस, पाउडरी मिल्डियू, एन्थ्रेकनोज, सिट्रस स्क्याब, पिंकरोग आदि सबैले विरुवाको शक्ति घटाउछ र ह्रास तिर लैजान्छन् ।
जिवाणु (व्याक्टेरीया) जनित रोगहरुः सिट्रस क्यांकर र ब्लाष्ट रोगहरु

नियन्त्रणका उपायहरु
  • बगैंचा स्थापना गर्ने समयमा रोग मुक्त विरुवा लगाउने ।
  • प्रतिरोधक रुटस्टकको प्रयोग गर्ने ।
  • बगैंचाको सर सफाई र उचित बगैंचा व्यवस्थापन (माटो व्यवस्थापन, जल निकास, बाली संरक्षण, खनजोत आदि)
  • रोग लागेको ठाँउमा विरुवा उत्पादन नगर्ने ।
  • रोग लागेको संकास्पद बिरुवा कृषि प्राबिधिकको सल्लाहमा तुरुन्त नस्ट गरि निरोगी बिरुवा रोप्ने ।
  • रोग सार्ने सीट्रस सिल्ला किराको नियन्त्रण गर्ने । यो किरा वर्षभरि नै देखा परे पनि तातो सुक्खा तथा नया मुना पलाउने समयमा अत्यन्त क्रियाशील हुन्छ । त्यसकारण यो किरा नियन्त्रणका लागि फाल्गुन महिनामा १ पटक र त्यसपछि २ हप्तामा फेरी एक पटक गरि कम्तिमा पनि डाइमिथेयोट (रोगर वा अन्य दैहिक बिसादी ) २ एम. एल. प्रतिलिटर पानीमा मिसाई स्प्रे गर्ने । वर्षको ३-४ पटक मुना आउने भएकाले सो समयमा पनि यस किराको संख्या हेरी विषादी छर्नुपर्दछ सो को लागि प्राबिधिक सल्लाह अनुसार गर्ने ।
  • सीट्रस सिल्ला बस्ने कामिनीको बोट नस्ट गर्ने ।
  • सुन्तला बोटहरुको आयु घट्दै गैरहेको अवस्थामा स्वस्थ कलमी बिरुवा प्रयोग गरि उछा घनत्व बगैचा (३,४ मिटरको फरकमा ) स्थापना गरि चाडै अत्यधिक आम्दानी लिने ।
  • छोटो समयमा नै आम्दानी दिने खालका उन्सो तथा किन्नो जातका सुन्तला खेति गर्ने ।
  • हाल भएका रोग नलागेका बिरुवाहरुमा पनि बार्षिक रुपमा ब्यबस्थापन गर्ने , माघ महिनाभित्र काँटछाँट, मलखाद , सिंचाई गर्ने र बोर्ड़ोपेस्ट तथा बोर्ड़ो मिक्स्चर स्प्रे गर्ने । फाल्गुन महिनामा सिवा लिब स्प्रे २ देखि ४ एम.एल . प्रति लिटर पानीमा मिसाएर बोट राम्रोसंग भिज्ने गरि छर्ने र १५ दिनमा फेरी छर्ने ।

१४. फलफुल भण्डारण (Storage)

ताजा तरकारी तथा फलफुलमा उत्पादनोपरान्त गरिने बिभिन्न क्रियाकलापहरुमा २० देखि ३० प्रतिशतसम्म क्षति भएको पाइन्छ । फलफूल टिपेपछि चाँडै नै बिग्रेर वा नाश भएर जाने भएकोले यसलाई सामान्य अवस्थामा भण्डारण गर्न सकिदैन । जैविक अजैविक बिभिन्न कारणहरुले गर्दा भण्डारणमा गुणात्मक र परिमाणात्मक दुवै क्षति हुन जान्छ । तसर्थ यो क्षतिलाई कम बनाइ लामो समयसम्मको फलफुल तरकारी राख्नको लागि उचित तरिकाले भण्डारण गर्नुपर्दछ ।
भण्डारण किन गरिन्छ ?
  • कम तापक्रमको व्यवस्था गरी फलफुलको जैविक कृयाकलापलाई कम∕ढिलो गराउन
  • फलफुलको सतहमा हुने चिस्यान कम गरी सुक्ष्म जिवाणुहरुको क्रियाकलापलाई न्यून वा ढिलो गराउन
  • भण्डारण कोठामा रहेको हावामा उच्च आद्रता र उचित तापक्रमको व्यवस्था गरी फलफुलबाट बाष्पीकरण हुन नदिई फलफुलको तौललाई घट्न नदिने ।

भण्डारणका किसिम
१. थुप्रो पारेर गरिने भण्डारणः फललाई बगैंचाबाट टिपेर छोटो समयलाई गरिने भण्डारण हो ।
. जमिन मुनी खाल्डो खनी गरिने भण्डारण : यो परम्परागत भण्डारण प्रबिधी हो । पानीको निकास राम्रो हुने ठाउँमा  खाल्डो खनिन्छ, सो खाल्डोको वरिपरि पराल वा खर ओछ्याइन्छ त्यसमाथि भण्डारण गरिने फलफुलहरु राखिन्छ र जमिनको सतहसम्म खरले छोपिन्छ । त्यसमाथि १५—२० से.मी बाक्लो हुने गरी माटोले छोपिन्छ ।
३. कोल्ड स्टोर ( शित भण्डारण ) : उच्च प्रबिधीयुक्त भण्डारण हो जसमा बिजुलीको प्रयोग गरी कम तापक्रम तथा उच्च आद्रता कायम गरिन्छ । यो खर्चिलो हुने भएकोेले ठूलो परिमाणको लागि थोक व्यापारीले प्रयोगमा ल्याउछन् ।
४. शुन्य शक्ति भण्डारणः  यो एक किसिमको सरल प्रबिधी हो जसमा ग्याँस, बिजुली जस्ता बाहीरी शक्तिको प्रयोग बिना नै भण्डारण गर्न सकिने वातावरण तयार गर्न सकिने भण्डारणलाई शुन्य शक्ति भण्डारण भनिन्छ
. रष्टिक स्टोर : यो पनि एक सामान्य तथा सरल प्रबिधी हो । यस किसिमको प्रबिधीको लागि उचाइ १२०० मि भन्दा बढी, उतर फर्केको ठाउँ छनौट गर्नुपर्दछ । यसको लागि जमिनबाट उठाएर घर बनाइन्छ र सोही घरभित्र खापाहरु निर्माण गरी भण्डारण गरिन्छ । यो प्रबिधी मूख्य गरी आलु भण्डारणको लागि प्रयोग गरिन्छ ।
६. सेलार स्टोर : सेलार स्टोर भनेको भिराले, गह्रा कान्ला परेको जग्गालाई खारेर अर्ध भूमिगत अवस्थाको घर निर्माण गरी कम तापक्रम र बढी आद्रताको व्यवस्थापनद्धारा फलफुल भण्डारण गर्ने एक सरल प्रबिधी हो ।
सेलार स्टोर निर्माणका उद्देश्य
  • बेमौसममा उपभोक्ताको माग अनुसार फलफूलको आपूर्ति गर्न ।
  • ग्रामिण क्षेत्रमा बैकल्पिक आय श्रोतकोअवसर सृजना गर्न ।
  • सुन्तला खेती गर्ने कृषकहरुलाई अझ बढी प्रोत्साहित गर्न ।
  • सुन्तला जात फलफूललाई बजारमुखी बनाइ बजारीकरण गर्न ।

निर्माण स्थल छनौटका आधारहरु
  • सामान्यतया निर्माण स्थलको उचाई १२०० मिटर र अन्य आधाभूत अवस्था ठिक भएमा निर्माण कार्यको थालनी गर्न सकिन्छ ।
  • निर्माण स्थलको आधारभूत अवस्थाहरुमा निर्माण स्थल सकभर उत्तर तर्फ फर्केको , ओसिले, निर्माण स्थल छेउछाउ इयाम्म परेको रुख बिरुवा भएको भए उपयुक्त हुन्छ ।
  • भिराले गह्रा कान्ला परेको जग्गा सेलार भण्डार निर्माण गर्न उपयुक्त हुन्छ ।
  • घरको नजिक भएमा रेखदेख तथा आवश्यक व्यवस्था गर्न सजिलो हुने हुँदा सेलार भण्डार गृह घरको नजिक भए राम्रो हुन्छ ।

सेलार स्टोर निर्माण गर्नुपूर्व ध्यान दिनुपर्ने कुराहरु
  • सेलार स्टोर बनाउन कृषकसँग प्रशस्त सुन्तला उत्पादन हुन्छ कि हुँदैन त्योे हेर्नुपर्दछ ।
  • निर्माण स्थल प्राविधिक दृष्टिले उपयुक्त छ कि छैन विचार पुर्याउनुपर्दछ ।
  • निर्माण खर्च किसानले बेहोर्न सक्छ कि बाह््य सहयोग पनि चाहिन्छ त्यसमा समेत बिचार पुर्याउनुपर्दछ ।
  • कृषकहरुसँग फलफुल भण्डारण सम्बन्धी आधारभूत ज्ञान छ कि छैन हेर्नुपर्दछ ।
  • कृषक सहयोगी र वास्तविक रुपमा यो प्रबिधी प्रति रुची राख्ने गर्दछ कि त्यसमा समेत विचार पुर्याउनु पर्दछ ।

भण्डारण गर्दा ध्यान दिनु पर्ने कुराहरु र भण्डारण तरिका :
अध्ययन परीक्षण अनुसार फलको अमिलोपना शीत भण्डारणमा भन्दा सेलार घर र कोठे भण्डारणमा चाँडै घटेको पाइयो । यसरी अमिलोपनको मात्रा कम हुने र गुलियोको मात्रा बढी हुनी अवस्था श्रृजना हुँदा भण्डारणमा राखिएको फलको गुणस्तरमा छिट्टै ह्रास आउँछ । सेलार भण्डारको अवस्था ठिक भएमा ९ देखि १३ हप्ता जतिको अवधिसम्म सुन्तला, कागती, जुनार जस्ता फलफुलहरुलाई सुरक्षित साथ भण्डारण गर्न सकिन्छ । कोठे भण्डारमा बढीमा डेढ महिना र सेलार स्टोरमा ९ देखि १३ हप्तासम्म फलफुल भण्डारण गर्न सकिन्छ । भण्डार कोठा सफा राख्ने र तातो चिसो हावा खेल्ने सुबिधा मिलाउनुपर्दछ । कुहिएका फल हटाउँदै जाने र १० प्रतिशत भन्दा बढी फल कुहिएमा फललाई भण्डारणबाट झिकी बिक्री गर्ने वा खाने गर्नुपर्दछ । भण्डारणको लागि राम्रो मानिएको सामाग्रीहरु जस्तै ः सल्लाको हरियो पात, कोदोको भुस र अखबारहरु सुबिधानुसार व्यवस्था गर्नुपर्दछ ।

१५. सुन्तला वगैचा मा गर्नु पर्ने वार्षिक कार्य तालिका (Yearly Calendar)

  • बैशाख
  • पूराना बोटमा फल केराउ गेडे भई पहिलो प्राकृतिक झराई शूरु हूने र नयां बिरुवामा नयां मूना फक्रेर पात छिप्पिने बेला भएकोले बोट बिरुवामा सिंचाई गर्ने र छापो राख्ने कार्य कायमै राख्ने ।
  • नयां बगैंचा स्थापना गर्नको लागि जग्गाको छनौट रेखांकन गरि खाडल खन्न शूरु गर्ने ।
  • फल लागिसकेपछि सून्तलाको कत्ले कीरा तथा अन्य चूसाहा कीराहरुको रोकथामको लागि ४ प्रतिशतको इन्जिन वा डीजेल आयल बोटमा छर्किने ।
  • बिजू बिरुवामा जरा वा फेद कूहिने समस्या छ भने तीनपाते सून्तलाको सहायक जरा दिने ।

  • जेस्ठ
  • पूराना बगैंचामा सिंचाई गर्ने कार्य जारी राख्ने ।
  • पानी पर्न शूरु हूनू अघि जरा ,फेद कूहिने रोग नियन्त्रणको लागि फेदमा बोर्डोपेष्ट लगाउने र ५:५:५० को बोर्डोमिश्रणको घोल बोटको वरिपरि राखि ड्रेन्चिङ्ग गर्ने ।
  • नयां बगैंचा स्थापनाका लागि खाडल पूरी रोप्नाको लागि तयार गर्ने ।
  • बोट बिरुवामा भाद्र, असौजमा जस्तै शूक्ष्म तत्वहरु छर्कने ।
  • दादे रोग र खोटेत्रो रोग रोकथामको लागि ३:३:५० को बोर्डोमिश्रण छर्कने ।
  • रासायनिक मलले टपड्रेसिङ गर्ने ।

  • असार
  • नयां बगैंचामा स्वस्थ्य बिरुवाहरु रोप्ने ।
  • बगैचामा बढि पानी भए निकासको ब्यवस्था गर्ने ।
  • चूसाहा कीराहरु नियन्त्रणको लागि दैहिक बिषादि बोटमा छर्कने ।
  • बर्षातमा नयां पालूवामा खराने रोग लाग्न सक्छ, यसको रोकथामको लागि प्रति लीटर पानीमा १ मिली क्याराथेन बिषादि मिसाई छर्कने ।
  • झ्याउ लागेको भागलाई खूर्केर बोर्डोपेष्ट लगाउने ।

  • श्रावण
  • बिरुवा रोप्न बांकी भए रोपि हाल्ने ।
  • जूनार र सून्तलाका फलहरु धेरै फलेका छन् भने फलको छटानी गर्ने । जूनारमा ६० देखि ७० पात र सून्तलामा १०० देखि १००० पात बराबर १ फल रहने गरि बांकी फलहरु हटाउने ।
  • फल कूहाउने औंसा नियन्त्रणका लागि फेरोमेन ट्रयाप राख्ने (मिथाइल यूजिनल र मालाथियन) ।
  • पानी निकासको ब्यवस्था गर्ने र बगैंचाको सरसफाई गर्ने ।

  • भाद्र
  • फल झार्ने पतेरो कीरा नियन्त्रणका लागि रोगर, मेटासिस्टक्स वा कूनै दैहिक बिषादि १ ग्राम प्रति लीटर पानीमा मिसाई छर्कने ।
  • शूक्ष्म तत्वको लागि एग्रोमिन वा मल्टिप्लेक्स ३ देखि ५ ग्राम /मिली प्रति लीटर पानीमा मिसाई बोटमा छर्कने ।
  • बगैंचाको सरसफाई गोडमेल र छापो दिने ।

  • असोज
  • बढि फलेको हांगा भांचिनाबाट जोगाउन टेको दिने ।
  • पतेरो नियन्त्रणको लागि दैहिक बिषादि प्रयोग गर्ने, फल कूहाउने औंसा नियन्त्रणका लागि राखिएको फेरोमेन ट्रयापमा हरेक महीना कर्तिक सम्म ५-५ थोपा मालाथियन र मिथाइल यूजिनल थप्ने ।
  • बगैंचामा कोशेबाली र तरकारी बाली अन्तरबालीका रुपमा लगाउने ।
  • बोटको वरिपरि छापो राख्ने र भाद्र महीनामा जस्तै शूक्ष्म तत्व प्रयोग गर्ने ।

  • कार्तिक
  • बजारबाट ठेकेदारहरु सून्तला ठेक्का हान्न आउने बेला भयो, आवश्यक तयारी गर्ने ।
  • महिनाको अन्ततिर २५ देखि ५० प्रतिशत सून्तला दानाहरु पहेंलो हून थाल्ने हूनाले भण्डारण गर्ने सून्तला टिप्न शूरु गर्ने ।
  • सून्तला भण्डारण गर्ने सेलार स्टोर मर्मत संभार र सरसफाई गर्ने ।

  • मङसिर
  • यो महीनामा फल टिपिन्छ । कैंचीको प्रयोग गरी होशियारी साथफल टिप्ने, तथा मैन र बेनोमिलले उपचार गरि भण्डारण गर्ने ।
  • भण्डारण गर्ने फललाई यस महीनाको अन्त सम्म टिपिसक्नू पर्दछ ।

  • पौष
  • बोटमा लामो समय सम्म फल राख्यौं भने अर्को बर्ष फल कम लाग्ने हूनाले टिप्न बांकी फलहरु टिप्ने ।
  • फल टिपिसकेपछि बोटको कांटछाँट , बगैंचाको खनजोत र कम्पोष्ट तथा रासायनिक मलखाद प्रयोग गर्न शूरु गर्ने । मलखाद प्रयोग पछि सिंचाई गरि छापो दिने ।
  • ४:४:५० को बोर्डोमिश्रण मा १ प्रतिशत यूरिया र १ मिली रोगर अथवा मेतसिस्टक्स प्रति लीटर झोलका दरले मिसाई बोटमा छर्कने ।
  • कांटाछाँट गरेको घाउमा र बोटको फेदमा बोर्डो पेष्ट लगाउने (लेपन गर्ने) ।

  • माघ
  • कांटछाँट र मलजल गर्न बांकी भए सो कार्य गर्ने ।
  • सिंचाई सूबिधा भएमा बसन्ते पालूवा आउनू अ३ि नै बगैंचामा बिरुवा रोपी सिंचाई गर्ने र छापो दिने ।
  • भण्डारण गरेको सून्तला बजारमा पुर्याउन शूरु गर्ने ।
  • नर्सरीको बिरुवालाई गोडमेल तथा मलजल गर्ने ।

  • फाल्गुन
  • बसन्ते पालूवा आउने र फुल फूल्ने बेला भयो । शूक्ष्म खाद्यतत्वको लागि एग्रोमिन /मल्टिप्लेक्स आदि शूक्ष्म तत्वयूक्त मल १० देखि १५ दिनको अन्तरमा २-३ पटक छर्कने ।
  • भण्डारण गरेको सून्तला बिक्री गर्ने ।
  • नर्सरी बिरुवामा पलाएका नयां बाक्ला हांगाहरु चिमोटेर हटाउने ।

  • चैत्र
  • बोटमा फुलहरु फूल्ने प्रकृया पूरा भै फल लाग्न थाले होलान, यस अवस्थामा प्लाण्टोप्लेक्स नामक हार्मोन छर्किनाले फुल र फल झर्ने समस्या कम गर्न सकिन्छ ।
  • फुल र फल लाग्ने बेलामा बढि सिंचाईको आवश्यकता पर्दछ नत्र फुल र फल झर्न सक्छन् ।
  • नयां बगैंचा स्थापनाको लागि उपयूक्त जग्गाको बनौट र रेखांकन गर्न शूरु गर्ने ।
  • कत्ले कीराको रोकथाम गर्न ४ प्रतिशतको इन्जिन आयल वा डीजेल आयल र कागतीको पूतली कीरा रोकथाम गर्न मालाथायन वा सूमिथायन वा थायोडन झोल बिषादि १ मिली प्रति लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।

१६. सुन्तला खेति प्रशोधन  र प्याकिंग (Processing & Packaging )

कुनै पनि खेति बाट राम्रो आम्दानी लिनकालागि  बोट बिरुवा छनोट , उचित ब्यबस्थापन अनि वाली संरक्षण गरेर मात्र पुग्दैन , यसका लागि वाली भित्र्याएपछि पनि प्रशोधन  र प्याकिंगमा उचित ध्यान पुराउनु जरुरु छ ।

१६.१ सुन्तला भित्र्याउने सूचक  (Maturity Indices)

सुन्तला भित्र्याउदा बोक्राको रंगलाई सूचक को रुपमा लिइन्छ । पहेंलो सुन्तला रंग बोक्राको ७५ % भागभन्दा बढीमा देखिनु नै यसको सूचक हो । यो बाहेक सुन्तला भित्र्याउदा यसमा भएको गुलियो मात्रा , अमिलो मात्रा पनि प्रयोग गरिन्छ भित्र्याउदा ।
टि. एस. एस. – यसले सुन्तलामा भएको गुलियो  मात्रा जनाउछ । यो हाते रिफ्राक्टोमिटरको सहएताले नाप्न सकिन्छ । ८.५ % वा यो भन्दा बढी टि. एस. एस.  भएमा फललाई भित्र्याउन सकिन्छ । सुन्तलामा ०.३-०.४ % अम्लियता राम्रो हुन्छ र यसका साथै टि. एस. एस/ अम्लियताको अनुपात  ६.५ वा सो भन्दा बढी हुनु जरुरि हुन्छ ।

१६.२ सुन्तला भित्र्याउने तरिका  (Harvesting Method)

सुन्तला भित्रयाउदा ध्यान नदिए ठुलो क्षति हुन सक्छ र उचित भित्र्याउने तरिका अपनाए घाउ , चोट बाट बचाउन सकिन्छ । सुन्तलालाई भित्रयाउदा चक्कु अथवा क्लिपपरलको प्रयोग गर्दा उत्तम हुन्छ । पुराना तरिकामा फलमाथिको पेटीयोलसहितलाई घुमाएर फललाई चुडाइन्छ । फालमा रहेका पात र हाँगाहरुलाई काटेर फलदा राम्रो हुन्छ । यसले अरु फललाई प्वाल पार्ने , असर गर्ने गर्दछ र फललाई कुहिआउदछ ।  रुखलाई हल्लाएर फल झार्ने कार्य कहिले नि गर्नु हुदैन । र यसरि भित्र्याइएका फललाई हावा चल्न पाउने भाडोमा संकलन गर्नु पर्दछ । प्राय भित्रयाउदा सुक्खा दिनमा भित्रयाउनु पर्दछ ।

१६.३  बजारकालागि तयारी (Marketing)

१६.३.१ सफा गर्ने कार्य (CLEANING )

फललाई धुलो , फोहोर र अन्य बाहिरी पदार्थ हटाउनकालागि सफा गर्नु पर्दछ र यसो गर्नाले उपभोक्ताले पनि फल रुचाउने र मूल्य पनि पाउदछ । फललाई केहि मिनेटक लागि सोडियम हाइपोक्लोराइट वा क्लोरिन (१५० पी.पी.एम)  र  पानिको घोलमा डुबाएर हातले पखाल्नु पर्दछ । त्यसपछि फललाई सफा पानीमा पखालेर राख्नु पर्दछ । फललाई सकेसम्म थोरै समय मात्र पानीमा राख्नु पर्दछ ताकी यसको स्वादमा कुनै परिबर्तन नआओस ।

१६.३.२ प्याकिंग (PACKAGING)

सुन्तला प्याक गर्दा बलियो तथा राम्रोसंग हावा चल्ने भाडोमा गर्नु पर्दछ ताकी धेरै वटा भाडा एकैठाउमा राख्दा नाभाचियोस । सामान्य प्रयोग गर्ने प्लास्टिकका भाडाहरु ३० के.जी सम्म सुन्तला धन्छन् । काठको भाडामा पराल राखेर पनि सुन्तलालाई प्याकिंग गर्ना सकिन्छ ।
packing

१६.३.३ बोक्राको हरियो रंग हटाउने (PEEL DE-GREENING)


बाहिरी बोक्रालाई सुधार गर्नकालागी थोरै मात्रा इथाईलिनको प्रयोग गर्न सकिन्छ र यो पद्दति निर्यात गर्दा राम्रो हुन्छ ।  यसले फलको स्वादलाई असर गर्दैन ।  हरियो बोक्रा भएका फललाई १-१० पी.पी.एमको  इथाईलिन घोलमा २०-२५ सेल्सीएस, ९०% सापेक्षिक आद्रतामा केहि दिनकालागि भीजाउनु पर्दछ ।यसो गर्दा हावा राम्ररी चल्न दिनु पर्छ ताकी कार्बन डाइ-अक्साइडको मात्रा २०० पी.पी.एम भन्दा तल नै होस् । डी-ग्रिनिंग गर्नु भन्दा अघि फललाई धुनु हुँदैन , यसका लागि इथिफोन प्रयोग गरिन्छ जसले इथाईलिन निकल्दछ ।

१६.३.४ ग्रेडिङ/ सरटिंग

सुन्तलालाई फलको नाप , बोक्राको रंग, घाउ-चोट , कोतारिएको भाग , असर आदिलाई ध्यानमा राखेर ग्रेडिंग र सरटिंग गर्नु पर्दछ । फललाई हाते रिंगको सहएताले विभिन्न तहमा छुट्याउन सकिन्छ । एउटै नापको फललाई एउटा भाडोमा राख्नु पर्दछ ।
grading




testata-mandarini
सर्टिंग गरिएका सुन्तला फल

१६.३.५   वाक्सिङ

सुन्तलालाई धुँदा खेरि बोक्रामा रहेको प्राकृतिक मैन पखालिएर जान्छ । वाक्सिङ गर्दा फलले पानीको मात्र कम छोड्छ र यसले फललाई खुम्चिनाबाट जोगाउनुकासाथै चम्किलो , आकर्षक , चोटपटक , कीरा रोग बाट बचाउछ । वाक्सिङ फललाई मैनमा डुबाएर गर्ना सकिन्छ । मैनको तह धेरै बाक्लो र धेरै पातलो नि हुनु हुदैन र यसलाई तत्कालै सुक्न दिनु पर्दछ । ५०० पी.पी.एम को  १५० एम जी Carnabura Wax, polyethylene emulsion र  sucrose easterको घोल  प्रति किलो सुन्तलालाई वाक्सिङ गर्न१ मिनटको लागि  प्रयोग गरिन्छ ।
वक्सिंग गरिएका सुन्तला फल

१७. कृषि उधोग –सुन्तला खेति

सुन्तला खेति गरेर उत्पादन भएका फलहरु विभिन्न वस्तु बनाउनकालागि प्रयोग हुन्छ । सुन्तलाको प्रशस्त उत्पादन हुने क्षेत्रमा सुन्तलालाई टिपेर अवाश्यक्ता अनुसार कृषि उधोग संचालन गर्न सकिन्छ । सुन्तला जाम, जुस, तेल तथा वाइन बनाउन प्रयोग हुने फल हो। यो स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ। यसमा पर्याप्त मात्रामा भिटामिन सी हुन्छ।

सुन्तला खाँदा भाइरल इन्फेक्सन, क्यान्सर, मृगौलाका खराबीलाई घटाउन मद्दत पुग्दछ। यसले कोलेस्ट्रोल घटाउनुको साथै उच्च रक्तचाप लाग्ने सम्भावना समेत घटाउँदछ। दम, ब्रोन्चाइटिस, निमोनियाजस्ता रोग लाग्नबाट बचाउँछ ।
शरीरका कोष मजबुत बनाउन भिटामिन सी सहयोगी हुन्छ।  त्यस्तै सुन्तलामा क्यारोटन्वाइड  र बेटा क्यारोटेन नामक तत्व हुने हुँदा यसले आँखा तथा छालालाई पनि स्वस्थ राख्छ। त्यसैले सुन्तलाको बोक्रालाई छालाका विभिन्न रोगका लागि जडिबुटीको रुपमा समेत प्रयोग गर्ने गरिन्छ।

१७.१ सुन्तला जुस उधोग

फलफुल खानु स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । खासगरी त्यस्ता फल जसमा जुस बढी हुन्छ । यस्ता फलफूलमध्ये सुन्तला एक हो जसले बिभिन्नरोगको प्रभाव कम गर्छ । सुन्तला खानले पेटमा रहेको अल्सरको संक्रमण कम हुन्छ । सुन्तला सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । हाम्रो आखाँका लागि फाइदाजनक हुन्छ । फाइबरले कोलेस्टेरोललाई सन्तुलनमा राख्न भूमिका खेल्छ । मोटोपन वजन कम गर्नका लागि सुन्तलना सेवन निकै राम्रो उपाय हो । कफले गाह्रो भएको छ भने सुन्तला खानुहोस् । यसले कफ निकाल्छ । सुन्तला खानले पेटको कब्जियतबाट चाडैँ मुक्ती पाइन्छ । थकाई लागेका बेला सुन्तलाको जुस खानुहोस् । तपाई तत्कालै सहज महसुस गर्नुहुनेछ । सुन्तलाले किड्नी र पिसाबसँग सम्बन्धि रोगहरु निर्मूल पार्न भूमिका खेल्छ । दाँत वा गिजामा देखिएका रोगहरु सुन्तला सेवनले हट्छन् । ग्याँस पेटमा ग्याँस जम्मा भएर असहज महसूस भएका बेला सुन्तलाको जुस खानुहोस् । अनुहारको सुन्दरता सुन्तलाको बोक्रालाई सुखाएर पिध्नुहोस् र पाउडर बनाउनुहोस् । यस पाउडरलाई गुलाब जल वा दुधसँग मिसाएर लगाउँदा अनुहारको रंग सफा हुन्छ ।
सामान्यतया सुन्तलाका स्याना फललाई जुस बनाउन प्रयोग गरिन्छ । बोटमा रहेका सानो दानाबाट जुस, जाम,स्क्वास , नेक्टर , सर्बत आदि बनाउन सकिन्छ  ।

तरिका :
  • सम्पूर्ण फलहरुलाई धुने अनि फलहरु सर्टिंग गर्ने , कुहिएका फलहरुलाई छुट्याउने
  • यसपछि फलबाट जुस निकाल्ने मेसिनमा हाल्ने
  • आएको जुसबाट पल्प, गेडा आदि फाल्ने
  • त्यसपछि , जुसलाई अझ सफा गर्ने अनि बाँकी पल्पबाट जुस निकाल्ने
  • यसरी आएको जुस लाई अझ मेसिनमा हालेर अझ बाक्लो बनाइन्छ
  • त्यसपछि आएको सकेंद्रित जुसलाई किटाणु मर्न पासचराइजेसन गरिन्छ
  • अन्त्यमा सकेंद्रित पासचराइजड जसलाई बोत्तल मा प्याक गरिन्छ


१७.२ मार्मलेड (मुरब्बा ) उधोग


मुरब्बा कागती फलहरुलाई संरक्षण गरेर  बनाईन्छ । यसमा सुन्तलाको रस, बोक्रा  , चिनी अनि पानी लाई पकाईन्छ ।
तरिका :
  • प्लान्टमा सुन्तलालाई हाल्ने
  • धोइ पखाल्ने
  • सरटिंग गर्ने
  • सम्पूर्ण सामग्री मिलाएर पकाउने (चिनी र पानी )
  • त्यसपछि आएको जामलाई पासचराइजेसन गरिन्छ
  • अन्त्यमा प्याकिंग गर्ने

१७.३ वाश्पशील  तेल उधोग

सुन्तलाको वाश्पशील  तेल धेरै नै फाइदाजनक छ , यसले रोग-जिवाणु  सर्न रोक्दछ , पाचन प्रक्रिया सुधार गर्छ , रक्तचाप सामान्य अवस्थामा राख्दछ , तनाब दुर गर्दछ । यसले कुनै कुनै छालामा असर गर्ने हुदा यो विचार गरेर प्रयोग गर्नु पर्दछ ।
तरिका :
  • सम्पूर्ण फलहरुलाई धुने अनि फलहरु सर्टिंग गर्ने , कुहिएका फलहरुलाई छुट्याउने
  • तेलका लागि हो भने सरटिंग गरेपछि सम्पूर्ण फोहोर जाने गरि मेसिनमा धुने
  • रोलरमा सुन्तला हालेर काट्ने , एकदमै स्यानो बनाउने
  • यसपछि तेल निकाल्ने युनिट मा हालेर तेल निकाल्ने
  • अन्त्यमा बोत्तलमा प्याकिंग गर्ने
यसका साथै सुन्तलाको चास्नी , पेकटिन आदि बनाउन प्रयोग गरिन्छ ।

१८. सुन्तला खेति व्यापार लागत

सुन्तला खेति सुरुवात गरेपछि आम्दानी लिनकालागि ३-४ वर्ष कुर्नु पर्ने हुन्छ । त्यसैले यहाँ नाफा-लागतको लागि आम्दानी दिन सुरु गरेपछिको १ वर्षमा लाग्ने खर्च र आम्दानीलाई लिएर , बार्षिक आम्दानी , नाफा लागत अनुपात निकालिएको छ ।

नोट: १८ रोपनीमा सुन्तला खेति गर्दा २५० बोट बिरुवा लगाउने सकिने भएकाले यहि बोट संख्यालाई आधार मानि बार्षिक लागत निकालिएको छ । यहाँ लागत तेस्रो वर्षको दिइएको छ ।

१८.१ लागत

क्र.संविवरणएकाईपरिणाम प्रति बोट

परिणाम
२५० बोट
दरजम्मा
1.जग्गा भाडारोपनी१८१०,०००१८०,०००
2.खन-जोतमान्छे संख्या१०५००५०००
3.औजार१०,०००
4.बिजुली खर्च१०,०००
5.प्राबिधिक खर्च१०,०००
6.कम्पोस्ट मलडोको२५०५०१२,५००
7.युरियाके.जी२३५  ग्राम५९५०२९५०
8.डी.ए . पीके.जी४३५  ग्राम १०९६०६५४०
9.म्युरेट अफ पोटासके.जी५०० ग्राम१२५५०६२५०
10.कृषि चुनके.जी२०० ग्राम५०१०५००
11.निलोतुथोके.जी१०० ग्राम२५४००१००००
12.चुनाके.जी२०० ग्राम५०४०२०००
13.सर्बो तेलके.जी१०० ग्राम२५३००७५००
14.जिंक सल्फेटके.जी१०० ग्राम२५१०००२५०००
15.कपर सल्फेटके.जी६० ग्राम१५४००६०००
16.म्याग्नेसियम सल्फेटके.जी४० ग्राम१०१०००१००००
17.फेरस सल्फेटके.जी४० ग्राम१०१२००१२०००
18.रिडोमिलके.जी५ ग्राम१.२५१५००१८७५
19.बिबिध३०,०००
कुल बार्षिक लागत३४८,११५

१८.२ आम्दानी

प्राय किसानले सुन्तला पाकेपछि ठेक्का दिने हुनाले , यसरि नै हिसाब गरिएको छ । यहाँ प्रति बाट २००० को दरमा बेचिएको उल्लेख छ ।
क्र. सं.परिणामदरजम्मा
१.२५० बोट२५००६२५,०००

१८.३ नाफा

कुल बार्षिक लागत३४८,११५
कुल बार्षिक आम्दानी६२५,०००
कुल नाफा२७६८८५

१८.४ नाफा-लागत अनुपात

नाफा-लागत अनुपात = =  = १.७९  प्रतिबोट

१९. कृषि सामग्री र औजारहरुको सूची

१९.१ कृषि सामग्री

क्र.सं.सामग्रीप्रयोग
१.खनिज तेलचुस्ने कीरा नियन्त्रण गर्न, यसले अन्डा र कीरालाई सुकाउछ
२.कम्पोस्ट मलमलखादको लागि , १ डोको प्रति बोट
३.युरियामलखादको लागि , नाइट्रोजनको स्रोत , ३०० ग्राम प्रतिबोट
४.डी. ए . पीफसफरसको स्रोत , २०० ग्राम प्रतिबोट
५.म्युरेट अफ पोटासपोटासको स्रोत , २०० ग्राम प्रति बोट
६.थायोफेनेट मिथाइलचुस्ने कीरा नियन्त्रण गर्न
७.फेरोमोंन ट्रयापसुन्तलामा लाग्ने औसा नियन्त्रण गर्न
८.फेरोमोन फनेलसुन्तलामा लाग्ने औसा नियन्त्रण गर्न
९.सर्वो तेलचुस्ने कीरा नियन्त्रण गर्न
१०.मल्टीप्लेक्सभिटामिनको स्रोत
११.जिंकसुक्ष्म तत्व
१२.बेभिस्टनढुसीनासक
१३.रोगर  (अल्टिनिम )कीरा नियन्त्रण गर्न
१४.कृषि चुनमाटोको लागि
१५.निलोतुथोढुसी हटाउन , बोर्डीएक्स मिक्स्चर बनाउन
१६.चुनाढुसी हटाउन , बोर्डीएक्स मिक्स्चर बनाउन
१७.म्याग्नेसियम सल्फेटसुक्ष्म तत्व
१८.फेरस सल्फेटसुक्ष्म तत्व
१९.रिडोमिलढुसी हटाउन
२०.मैनवाक्सिंगका  लागि
२१.कार्टुनप्याकिंगका लागि

१९.२ औजार


क्र.सं.औजारप्रयोग
१.हाते ट्रयाक्टरजमिन तयार गर्न
२.पानी ट्यांकीसिंचाईको लागि
३.सिकेचरकाटछाँटको लागि , बिरुवा उत्पादनका लागि
४.ग्राफ्टिंग चक्कुबिरुवा उत्पादनका लागि
५.भर्यांङफल टिप्न
६.थोपा सिंचाई युनिटसिंचाईको  लागि
७.पम्पपानी तान्न
८.प्रुनिङ सकाटछाँटको लागि
९.बाल्टिनपानी तथा अन्य पदार्थ ओसार्न
१०.ब्रुसनिलोतुथो लगाउनका लागि
११.प्लास्टिक मल्चछापो दिनका लागि
१२.पन्जाबिसाधि छरकन
१३.स्प्रेयरबिसाधि छरकन
१४.माटो जाच्ने किटमाटो जाच्नका लागि
१५.ग्रेडर / सर्टरफल नाप अनुसार छुट्याउनका लागि
१६.बिसादी छर्कने कपडा

२०. सन्दर्भ सामग्री (References)


  • कृषि प्रबिधि संगालो (२०७० ) , जिल्ला कृषि विकास कार्यालय , अर्घखॉची
  • सुन्तला पकेट प्रोफाइल (२०७२ ), जिल्ला कृषि विकास कार्यालय, कास्की
  • पकेट प्रोफाइल सुन्तालाजात फलफुल बगैचा सुदृढीरण कार्यक्रम (२०७१/२०७२ ), राष्ट्रिय सुन्तालाजात वाली विकास कार्यक्रम , फलफुल विकास निर्देशनालय , कीर्तिपुर, काठमाडौँ